पोखरामा मध्यरातमा गोरु काट्ने २ पक्राउ

पोखरा । पोखरामा मध्यराति गोरु काट्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार राती ११ बजेको समयमा पोखरा महानगरपालिका-३३ छप्ल्याङ चालिसे भन्ने ठाउँमा गोरु काट्दै गरेका २७ वर्षीय अनिस भुजेल र ३७ वर्षीय संजय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । दुवै पोखरा महानगरपालिका-३२ लामेआहाल बस्दै आएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button