महिला र प्रजनन स्वास्थ्य अधिकार

नेपालमा पुरुषको तुलनमा महिलाको सख्यां एक प्रतिशतले बढी छ । प्रकृतिले पनि महिलाहरुलाई कोमल शरीर,कोमल मन,ममताको खानी,सृजनाको प्रतीक,खुला हृदय भएको, जति बयान गरे पनि कम हुने कुनै पनि सभ्य समाज,सुखद परिवार,सुखद दाम्पत्य जीवन परिवारको भविष्य यी महिला बिना असम्भव छ । महिला बिना घरमा चुलो बल्दैन,दाम्पत्य जीवननै हुदैन,मानव जीवनको सृष्टी नै हुदैन,प्रेम कहानी नै बन्दैन,कसैको पनि परिवार अगाडि नै बढदैन,यस्ता महिलाहरु परिवार लगायत समाजका खम्बा हुन भन्ने कुरामा कसैको पनि दुई मत छैन । परिवारको कुनै सदस्य बिरामी भयो भने सबै भन्दा पहिला चिन्ता महिलालाई पुरुषलाई भन्दा पहिला नै हुन्छ । आफनो जन्मघर छोडेर पराईलाई अपनाउनु पर्ने पनि महिलालाई,नौ महिनासम्म गर्भमा राखी बच्चा जन्माउन पर्ने पनि महिलालाई, श्रीमान, बच्चा बच्ची हरुको हेरचाह र हुर्काउन पर्ने, सासु ससुरा सबैको हेरचाह गर्नु पर्ने पनि महिलाले । तिजमा माईत गई आमा बाबु,दाजु भाई सबैलाई खुसी पार्नको लागी गाउने अनि नाच्ने अनि माईती परिवार सङ्ग माया र ममता आदन प्रदान गर्ने साथै सस्ंकृतिको जगेर्ना गर्ने जिम्मा पनि महिलालाई नै छ । यदि कुनै दम्पतीमा निसन्तानपनको समस्या आई परेमा सबै भन्दा पहिला महिलालाई नै दोषी ठहर¥याई परिवारबाट अपहेलना,उपहास हुनुपर्ने समाजबाट पनि अपहेलित हुनुपर्ने, साथै परिवारबाट श्रीमानलाई अर्को विबाहको लागी दबाब दिई सौता समेत ब्यहोर्न पर्ने मा पनि महिलाहरु बाध्य हुन्छन । निसन्तानपन महिला र पुरुष दुबैको उत्तिकै भूमिका रहन्छ ।

जव महिला गभवती हुन्छिन गर्भवतीमा आउन सक्ने जटिलताहरु जस्तै गर्भपतन,रक्तअल्पता,उच्च रक्तचाप साथै कम्पन,प्रशव बेथा,साथै यो बेलामा आउन सक्ने अस्वाभाविक समस्याहरु अनि गर्भवतीको र प्रशवको बेलामा अत्यधिक रक्तश्राब भई मृत्यु पनि हुने अवस्था पनि महिलाले नै ब्यहोर्नु पर्ने । क्यान्सर रोग पुरुषलाई भन्दा महिलालाई नै बढी पाईन्छ । स्तन,पाठेघरको मुखको क्यानसर,अण्डासयको साथै पाठेघरको क्यान्सर हाम्रो जस्तो बिकासउन्मुख देशमा प्रसस्त मात्रामा देखिन्छ । यसको तुलनामा लिङ्ग साथै अण्डकोषको अनि स्तन क्यान्सर महिलाको तुलनामा पुरुषमा कम देखिन्छ । बिभिन्न अनुसन्धान अनुसार डिप्रेसन जस्तो डर लाग्दो रोग पनि पूरुषलाई भन्दा महिलालाई नै हुन्छ, जसको अन्तिम नतिजा आत्महत्या पनि हुन पुग्छ ।

यसमा पनि सरकारको निति अनुसार सरकारी जागीरे होस अध्ययन,तालिममा सहभागितामा होस वा राजनीतिमा सक्रिय हुन होस महिलाको आरक्षणको हकमा पुरुषको तुलनामा नगन्य नै मानिन्छ । यति धेरै हाम्रो जीवनमा महत्व राख्ने महिलालाई उनीहरुले पाउने हक अधिकार सामाजिक,राजनीतिक,शैक्षिक क्षेत्रहरु आदि बिभिन्न बिधामा कुनै अर्कै बेलामा छलफल गर्ने छौं । यसैगरी महिलाहरुको साधारण स्वास्थ्य अथवा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा पाउनु पनि एक महत्वपूर्ण अधिकार हो । यस सम्बन्धी बिस्तृत रुपमा छलफल गर्नु सान्दर्भिक ठान्दछु ।

 जीवन यापन गर्न पाउने अधिकार–गर्भवती अवस्थामा खतरापुर्ण वा जोखिमपूर्ण वा जटिलतापुर्ण अवस्था आउन सक्ने भएकोले श्रीमान,परिवार लगाएत यस सम्बन्धी काम गर्ने स्वास्थ्यकर्मी वा चिकित्सकहरु एक जुट भई उक्त महिलालाई यस्तो अवस्था आउन नदिने वा आएमा उपचार गरी सामान्य जीवनयापन गर्न पाउने अधिकार सुनिश्चितत गर्नु पर्दछ ।

 स्वतन्त्रता र सुरक्षाको अधिकार-कुनै पनि महिलालाई उनीहरुको इच्छा बिरुद्ध गर्भवती गराउने,गर्भपतन गर्न लगाउने,जबर्जस्ती परिवार नियोजन गर्न लगाउने गरेको पाईन्छ तर यस्तो क्रियाकलाप गर्ने र गर्न लगाउने कुनै पनि ब्यक्ति,वा समुह अथवा परिवार लगाएत सघं सस्थांहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कार्वाही गरी महिलाहरुको गर्भवती हुने,गर्भपतन गराउने साथै परिवार नियोजनको साधन वा स्थाई बन्ध्याकरण गर्ने स्वतन्त्रता महिलामै सुरक्षित हुनु पर्दछ र यो अधिकार सम्पन्न गराउनको लागी सरकारले दरो र भरपर्दो कानुन ल्याउनु पर्दछ ।

 बिभेद रहितको अधिकार-प्रजनन अधिकार सम्बन्धित अधिकार अन्तर्गत श्रीमान श्रीमती,धनी गरीब,पढेको नपढेको,जातीएता,क्षेत्रीयता,वर्गीयता आदि हरु बीच कुनै पनि भेदभाव हुनु हुदैन यदि भएको प्रमाण फेला पारेमा कानुन बमोजिम कारवाही गर्नु पर्दछ ।

 गोपनीयताको सुनिश्चितताको अधिकार-कुनै पनि महिलाले यौन र प्रजनन स्वास्थ्य सम्बन्धीका क्रियाकलापमा सेवा प्रदाय ब्यक्ति ,सस्थां वा समुहले सेवा लिएका सवाग्राहीले लिएका सेवाहरु गोप्य राखिदिइ गोपनीयताको अधिकार सुनिश्चित गर्नुपर्दछ ।

 बैचारिक स्वतन्त्रताको अधिकार-आफनो धर्म,सस्कांर,सस्कृति बिद्यमान देशको परिस्थिति राजनैतिक ,आर्थिक अवस्था,साथै यौन र प्रजनन सवास्थ्यको बारेमा चिन्तन,मनन र स्वतन्त्र बैचारिक प्रबाह गर्ने अधिकार सुनिश्चित हुनु पर्दछ ।

 शिक्षा र सूचनाको अधिकार-यौन र प्रजनन स्वास्थ्यको बारेमा गहन अध्ययन गर्ने,शिक्षा प्राप्ति गर्ने,रेडियो,पत्र पत्रिका,इन्टरनेट आदि बिभिन्न माध्यमबाट सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनुपर्दछ ।

 बैबाहिक स्वतन्त्रताको अधिकार-अहिले पनि महिलाहरुले आमा बाबु,परिवार,समाज आदिको डरको कारणले स्वतन्त्र रुपबाट पति रोज्न पाउने,राम्रो परिवारसगं जिन्दगी गुजार्न पाउनु पर्ने इच्छा र अधिकारबाट बन्चित छन । सभ्य र शुखमय दाम्पत्य जीवन बिताउनको लागि राम्रो  जीवनसाथी खोज्ने र राम्रो परिवार रोज्ने अधिकारको पनि सुनिश्तिता हनु पर्दछ ।

 बच्चा पाउने अधिकार-कुनै पनि महिलाले बिबाह पस्चात कति र कहिले बच्चा जन्माउने एक बच्चापछि अर्को बच्चाको अनतर कति हुनु पर्ने महिलाहरुलाई नै स्वतन्त्र रुपबाट सोच्ने र निर्णय लिन सक्ने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।

 स्वास्थ्य सेवा र स्वास्थ्य सुरक्षाको अधिकार-महिलाहरुले पाउने स्वास्थ्य सेवा स्तरीय,गुणयुक्त,पहुच सहितको,शुलभ र बैज्ञानिक हुनुपर्दछ र उक्त सेवा सुरक्षित र औषधि प्रयोग गर्दा होस वा अत्याधुनिक प्रबिधिको प्रयोग होस सधैं खतरा मुक्त हुनु पर्दछ ।

 बैज्ञानिक प्रगती अनुसारको प्रबिधिको प्रयोग गर्ने अधिकार-आजकल स्वास्थ्य सम्बन्धी अत्याधुनिक प्रबिधि र उपकरण आई सकेका छन जस्तै सीटी स्क्यान,यम आर आई,टेष्ट टयुब बेबी,अत्याधुनिक प्रयोगशाला आदि आदिको प्रबेश भई सकेको छ यसको प्रयोग गर्ने अधिकार पनि महिला हरुलाई सुनिसचित गर्नु पदृछ ।

 सघंसस्थां र राजनीतिक सहभागिताको अधिकार-कुनै पनि सभा,समारोह,सम्मेलन,गोष्ठी,राजनैतिक भेलाहरुमा महिलाहरुको सहभागिता पहिलाको भन्दा केही बढेता पनि पुरुषको तुलनामा नगन्य नै छ । परिवार बालबच्चाको रेखदेख हेरचाह मै उनीहरुको शमय बितीरहेको हुन्छ र अरु क्रियाकलापको लागी समय निकाल्नै सक्दैनन त्यसकारण परिवारका सदस्यहरुले घरका काममा साथ दिई महिलाहरुलाई उपर्युक्त अबसरहरुमा सहभागिता लिन पाउने अधिकारको सुनिश्चितता गर्नु पर्दछ ।

 तनावबाट मुक्तिको अधिकार-महिलाहरु प्राय गरेर शारीरिक वा यौन शोषणबाट ग्रसीत भई मानशिक रुपबाट तनावमै समय बिताएका हुन्छन जस्ले गर्दा महिलाहरुले शारीरिकरुपले बिभिन्न रोगहरुबाट गुज्री रहेका धरै उदाहरण हरु छन । यसबाट मुक्त पाउनको लागी परिवार,समाज,राज्य र महिला अधिकार सम्बन्धी राज्यले बनाएका कानूनहरुको सही कार्यान्वयन गरी उक्त अधिकारको सुनिश्चितता हुनु पर्दछ ।

 सन्तान प्राप्तिको अधिकार-प्रजनन क्षमता राख्ने महिलाहरु मध्य १० देखी १५ प्रतिसत महिलाहरुमा वा दम्पतीहरुबाट सन्तान प्राप्ति नभएका पनि छन जसमा अहिले पनि महिलाहरुलाई नै दोष दिई पुरुषले दास्रो तेस्रो बिबाह गरेको प्रसस्त उदाहरणहरु पाईन्छन र महिलाहरुको त जिन्दगी नै बरबाद भएको छ । त्यसकारण सन्तान नहुनुमा कसको मा के कमजोरी भएको छ सोही अनुसारको कमजोरी पहिचान गरी उपचार गर्ने र अत्याधुनिक उपकरण सहितको उपचार पद्यति स्वदेश मै भित्रिई सकेको हुनाले उक्त पद्यतिको उचित प्रयोग गरी सन्तान प्राप्तिको सुख हासील गर्ने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।

उपर्युक्त बुदाहरुमा आधारीत महिलाले प्रजनन स्वास्थ्य सम्बन्धी पाउने अधिकारहरु नेपाल सरकारले बनाएका ऐन निएम कानुनहरु लिपिवद्ध रुपमा अक्षरस लेखिएता पनि त्यसको कार्यान्वयन पक्ष फितलो नै देखिएको छ ।जीवनसाथी, परिवार, समाज, सघं सस्थां, सरकारी निकाए र नेतृत्वबर्गहरु महिलाको अधिकार सम्बन्धी दायित्व बोध, उत्तरदाई, सम्बेदनशील र प्रतिबद्ध हुनु पर्दछ र यसको कार्यान्वयन पक्ष पनि उत्तिकै बलियो, सबल र सक्षम हुनु पर्दछ । महिलाहरु आफनो अधिकार लिन र यसको सदुपयोग गर्न आफै सक्षम हुनु पर्दछ र अन्याय सहनु भन्दा पनि अन्याय बिरुद्ध लडन सक्ने हिम्मत पनि हुनु पर्दछ । महिलाको हातमा श्रीमान र परिवारको जिन्दगी अडिएको छ महिलाहरुले आफुले पाएको अधिकारको सदुपयोग गर्नु पर्दछ परिवार र समाजलाई स्वर्ग बाउन सक्नुपर्दछ । कताकती महिलाहरुले आफनो कर्तब्यलाई बिर्सेर बाटो बिराएको पनि कहिले काही सुन्नमा आउछं त्यसो भएमा फेरि आफनो संसार नै हिनाबिना हुन्छ र भविष्य नै बरबाद हुन्छ यसो गर्नु कदापि हुदैन । महिलाहरुको अधिकारहरुको साथसाथै परिवार,समाज र देश प्रति पनि बफादार,सम्बेदनशील भई कर्तब्यबोध पनि हुनु पर्दछ तब नै यो जीवन यो परिवार र यो संसार स्वर्ग भन्दा पनि सुन्दर हुन्छ र जीवन सार्थक हुन्छ साथै सबैको भबिष्य उज्वल हुन्छ ।

डा. गिरधारी शर्मा
कन्सल्टयान्ट स्त्री तथा प्रसुति रोग बिशेषज्ञ
निसन्तानपन बिशेषज्ञ,
साहारा ईन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button