नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ३९ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा सोमबार थप तीन सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार ८ सय ५८ जनाको पीसीआर गरिएकोमा २ सय ६ जना पुरुष र १ सय ३३ जना महिला गरी जम्मा ३ सय ३९ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय ३२ जना रहेका छन् भने ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button