नेपालमा पछिल्लो २४ घण्टामा तीन सय तीन जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा सोमबार थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार ५ सय ७४ जनाको पीसीआर गरिएकोमा १ सय ७३ जना पुरुष र १ सय ३० जना महिला गरी जम्मा ३ सय ३ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ८५ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय २२ जना रहेका छन् भने ३ हजार २ सय ५२ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button