नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको थियो । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ छ भने क्वारेन्टाइनमा १ सय २२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा २ सय ४६ जना निको भई घर फर्केका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ । यससँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ हजार २० छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button