नेपालमा पछिल्लो २४ घण्टामा २ सय १३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा बिहीबार थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ७ सय ९१ जनाको पीसीआर गरिएकोमा १ सय २५ जना पुरुष र ८८ जना महिला गरी जम्मा २ सय १३ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ९६ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको पछिल्लो संख्या २ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय १३ जना रहेका छन् भने ३ हजार २ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button