नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शुक्रबार थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार २ सय २१ जनाको पीसीआर गरिएकोमा ९८ जना पुरुष र ५९ जना महिला गरी जम्मा १ सय ५७ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ३३ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच २ हजार २५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय ११ जना रहेका छन् भने ३ हजार २२ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button