लागुऔषधसहित नौ जना पक्राउ

पोखरा न्यूज संवाददादता । लागुऔषधसहित ९ जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यरोको टोलीले माघ २१-२६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागुऔषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई लागुऔषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक दिलिप चौधरीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट डाईजेपाम -९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन-६८४ एम्पूल, लुपिजेसिक-७६ एम्पूल गरी कुल नियन्त्रित लागुऔषध २ हजार च४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button