पोखरामा ट्याक्सीको ठक्करबाट युवा गम्भीर घाइते

पोखरा न्यूज । पोखरामा ट्याक्सीको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

पोखरा-२५ याम्दीमा आइतबार बिहान ९.५५ बजे ध१ज ९८८ नं को ट्याक्सीले ग१७प ९१६२ नं को स्कुटरलाई ठक्कर दिँदा स्कूटर चालक स्याङजा पुतलीबजार-९ घरभई पोखरा-९ नागढुंगा बस्ने ४० वर्षीय श्रीकृष्ण भण्डारी गम्भीर घाइते हुनुभएको हो ।

बागलुङबाट पोखरातफ आउदै गरेको उक्त ट्याक्सीले हेम्जाको याम्दीमा भित्री सडकबाट निस्कदै गरेको स्कुटरलाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । गम्भीर घाइते भण्डारीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याइएको छ । ट्याक्सी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button