बागलुङका स्थानीय वन संरक्षणमा एकजुट हुने

पोखरा न्यूज । बागलुङ नगरपालिका तीनवटा वडाका बासिन्दा सामुदायिक वन जंगलको संरक्षणमा एकजुट भएर अगाडि वढ्न प्रतिवद्ध भएका छन् ।

स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ द्वारा आयोजित भेलामा सहभागीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वन जंगलको संरक्षण सम्वर्द्धन आवश्यक रहेको सहभागी वक्ताले जोड दिएका थिए ।

वडा वडाध्यक्षहरु समेत सहभागी सो कार्यक्रममा वन्य जन्तुहरुको बासस्थान संरक्षणसँगै उनीहरुलाई पिउने पानीको व्यवस्था गर्न पोखरी निर्माण, प्राकृतिक सौन्दर्यता र हराभरा बनाइरहन सदैव नगर र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । त्यसको लागि गत वर्ष २६ करोड रुपैयाँको डिपियार तयार गरी अहिले कार्य सम्पादन भइरहेकोसमेत जानकारी वडाध्यक्षहरुले दिएका छन् ।

बागलुङ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खगराज पाण्डे र ५ का शिव सापकोटाले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको संगम स्थल रहेका सामुदायिक वन मार्फत पर्या पर्यटन, मालिक भगवती, पञ्चकोटलाई जोड्दै सामुदायिक वनमा जिओलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो । यो वर्ष गण्डकी प्रदेश सरकार बाट ५० लाखको टेण्डर प्रक्रिया गरी काम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश समितिका सदस्य कुलबहादुर कार्की, बागलुङका अध्यक्ष राजबहादुर थापा, निजी तथा पारिवारिक वन संघका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी, संसारकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयबहादुर कार्कीले आफ्ना भन्इृ राखेका थिए । कार्यक्रम संसारकोट सामुदायिक वन उपभोक्ता समूहका सचिव पूर्ण प्रसाद गैरेको अध्यक्षता भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button