हात्तीको आक्रमणबाट सीता दाहालको मृत्यु

पोखरा न्यूज । झापा जिल्लाकाे भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सीता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सीता दाहाललाई आक्रमण गर्दा उहाँ गम्भिर घाईते हुनुभएकाे थियाे ।

गम्भिर घाईते दाहाललाई उपचारार्थ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button