आजको राशिफल : २०७७ फागुन ४ गते , मंगलबार

आज मितिः २०७७-फाल्गुन-४, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १६, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः पञ्चमी घ.प.: ५५ः४५(२९ः०), नक्षत्रः रेवती (३४ः४९), योगः शुभ, करणः बब, आनन्दादी योग : शुभ

चन्द्रमाः मीन, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४२

सूर्यास्तः १७ः५५

वीरेन्द्र सापकोटा :

मेष. तपाईंको लागि आजको दिन सन्तोषपूर्वक बित्ने देखिन्छ । आफन्त तथा साथिभाइसँगको संगतले दिन उल्लासपूर्वक वातावरणमा व्यतित हुनेछ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । आजको काममा सफलता हात लाग्नेछ ।

वृष. तपाईंको आजको दिन राम्रो रहेको छ । सोच विचार गरेर गरेका काममा सफलताका साथै पूर्णता मिल्नेछ । स्वास्थ्यमा सुधार आउँदा मन भने प्रसन्न हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुनेछन् । समग्रमा तपार्इंको आजको दिन राम्रो रहेको छ ।

मिथुन. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आर्थिक कारोवारमा असफलता हात लाग्दा मनमा खिन्नता आउनेछ भने काममा अवरोध सृजना हुनेछ स्वास्थ्यले साथ नदिँदा आफन्तसँग झैझगडाको अवस्था आउनेछ । सचेत हुनुहोला ।

कर्कट. तपाईंको आजको दिनमा उन्नतिप्रगतीका साथै मान–सम्मान र इज्जत प्राप्त गर्ने अवसर आउनेछ । नयाँ–नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ । समग्रमा दैनिकी सफलताका साथ व्यतित हुनेछ ।

सिंह. तपाईंको आजको दिन राम्रो मान्न सकिदैन । अनावश्यक झैझगडाको सम्भावना देखिएको छ भने दुर्घटना तथा चोटपटकको सम्भावना पनि उत्तिकै रहेको छ । आजको दिनमा तपाईंले सतर्कता अपनाउनु नै राम्रो हुनेछ । जताततैबाट धोका हुनेछ ।

कन्या. आजको दिनमा तपाईंले मानसम्मान प्राप्त गर्ने सम्भावना रहेको छ । काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जानेछ । इष्टमित्र तथा साथीभाइको सहयोगले काममा सफलता मिल्नेछ ।

तुला.  तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । स्वास्थ्यमा समस्या आउनेछ । मनमा अनावश्यक सोचाइ, तर्क–वितर्क र शंका उपशंकाले घेर्नेछ । आफ्नाले धोका दिनेछन् । मनमा चञ्चलता बढ्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरु सक्रिय हुनेछन् ।

वृश्चिक : तपाईको आजको दिन राम्रो छ भन्न सकिन्छ । मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुनेछ । आत्मबल दरिलो हुनेछ । सवारी साधनले पनि फाइदा पुर्याउनेछ ।

धनु. तपाईंको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरुले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने संकेत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पदप्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको सरुवात तपाई स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाईंको आजको दिन त्यति राम्रो देखिदैन । चाहना भएका काम गर्दा बाधा व्यवधान आउने समय रहेको छ । आर्थिक कारोबार तथा व्यवसायिक क्षेत्रमा होसियारी नपुर्याए डुबाइदिने सम्भावना पनि उत्तिकै देखिन्छ । स्वास्थ्यले साथ दिनेछैन । सतर्क रहनुहोला ।

मीन. तपाईंको आजको दिन ससम्मानपूर्वक बित्ने देखिन्छ । आँटेका काममा सफलता प्राप्ति हँुदा मन प्रसन्न रहनेछ आजको दिनमा मान-सम्मान र पदप्रतिष्ठा बढेर जानेछ भने परिवारको साथले हरेक काम कारबाहीमा सफलता प्राप्ति हुने समय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button