आजको राशिफल : २०७७ साल चैत्र ५ गते, बिहीबार

वीरेन्द्र सापकोटा । आज मितिः २०७७-चैत्र-०५, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको १८, २०२१, फाल्गुनशुक्लपक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः पञ्चमी घ.प.४४ः० (२३ः४८), नक्षत्रः भरणी, योगः वैधृति, करणः बब, आनन्दादी योग : पद्म
चन्द्रमाः मेष, सूर्यः मीन, अयनः उत्तरायण
सूर्योदयः ६ः१२
सूर्यास्तः १८ः१३
आजको राशिफलः

मेष. तपाईंको आजको दिन उत्कृष्टपूर्वक बित्ने समय देखिएको छ । मान–सम्मान र पदप्रतिष्ठाको योगको प्रबल पनि उत्तिकै रहेको छ । समय तपाइको पक्षमा देखिएकाले आनन्दपूर्वक काम आँटेर गर्नुभएमा पूर्ण हुनेछ । अध्ययनमा मन जानेछ ।

वृष. तपाईंको आजको दिन राम्रै रहेको छ । विचार गरेर काम गरेको खण्डमा सबैको साथ र सहयोग प्राप्त गर्ने अवसर आएको छ । बोलीमा भने विचार पुर्याउनुपर्नेछ । सुखद यात्राको अवसर आउनेछ । समग्रमा तपाईंको लागि राम्रो रहेको छ ।

मिथुन. शुभ समय रहेकाले आजको दिनलाई सफलतापूर्वक बिताउने अवसर रहेको छ । हतारेर भन्दा पनि आनन्दले गरेका कामले औपचारिकतामै पूर्णता पाउने देखिन्छ । श्रीमान–श्रीमतीबीचको प्रेमालाप बढेर जानेछ ।

कर्कट. तपाईंको आजको दिन राम्रो छैन । नयाँ काममा आँट नगर्दा नै राम्रो देखिन्छ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ । मन भने द्विविधामा फस्नेछ ।

सिंह. तपाईंको आजको दिन सुखपूर्वक नै व्यतित हुने देखिन्छ । आजको काममा मन पनि जानेछ केही आलस्यतापनको महशुस पनि हुनेछ । आर्थिक कारोबारमा तपाईंको हातबाट नगर्दा नै बेस हुनेछ ।

कन्या. तपाईंको आजको दिनमा कष्टता आइपर्ने सम्भावना रहेको छ । क्रोधले गर्दा काममासमेत बाधा अवरोध आउनेछ । इष्टमित्रको साथ नपाउँदा मन दोधारको अवस्थामा सृजित हुनेछ । आर्थिक कारोबार त फस्नेछ ।

तुला. तपाईंको आजको दिन पुरानो रकम हाता पर्नेछ । सबैबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिनेछ भने अधुरा काममा सफलता प्राप्ति हुनेछ ।

वृश्चिक. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आँटेका काममा आफन्तको सहयोग नआउँदा बाधा तथा अवरोध आउने छन् । आर्थिक कारोबारमा होसियारी नपुर्याए अरुले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मानसम्मान मिल्नेछ भने मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाईंले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. व्यापार व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचेजति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरु जुट्नेछन् । सबैको सहयोगले तपाईंको हौशला बढ्ने देखिन्छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषिकार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरु खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. आज तपाईंलाई वाहन तथा साधनबाट धोका हुनेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मित्र तथा साथीभाइबाट धोका हुनसक्ने सम्भावना भएकाले सचेत हुनुहोला । मनमा अनावश्यक सोचाई आउनेछ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button