आजको राशिफल : २०७७ साल चैत्र ६ गते, शुक्रबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-चैत्र-०६, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार मार्च महिनाको १९, २०२१, फाल्गुनशुक्लपक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः षष्ठी घ.प.४९ः५ (२५ः४९), नक्षत्रः कृत्तिका, योगः विष्कुम्भ, करणः कौलब, आनन्दादी योग ः छत्र
चन्द्रमाः वृष, सूर्यः मीन, अयनः उत्तरायण
सूर्योदयः ६ः११
सूर्यास्तः १८ः१४

आजको राशिफलः
मेष. तपाईंको लागि आजको दिन राम्रो छैन । सतर्कतापूर्वक काम गर्नुपर्ने देखिन्छ । नयाँ व्यवसायिक क्षेत्र र कामकारबाहीको शुरुवात नगर्दा नै राम्रो हुनेछ । साथीभाईबाट सतर्क रहनुहोला । मनले दृढताका साथ काम गर्दैन ।

वृष. तपाईंको आजको दिन उत्तम रहेको छ । जे सोच्नुहुन्छ, त्यसलाई निर्धक्कताकासाथ पूरा गर्नुहुने समय रहेको छ । आफन्तजनबाट राम्रो सहयोग पाउनुहुनेछ । मन दरिलो हुनेछ भने आत्मविश्वास बढेर जानेछ । अध्ययनमा सफलता हात लाग्नेछ ।

मिथुन. तपाईंको आजको दिन सुखद रहेको छ, भन्न सकिन्छ । धनार्जनको माध्यमहरु बढेर गएका छन् । पराइले पनि तपाईंलाई विश्वास गर्नेछन् । गरेका कामबाट सन्तोष दिन सक्दा जस पउनुहुनेछ । स्वास्थ्य तपाईंको पक्षमा रहेको छ ।

कर्कट. तपाईंको आजको दिन राम्रो रहेको छ । मन स्थिर हुँदा खुशी हुनेछ । आर्थिक तथा व्यवसायिक क्षेत्रमा नसोचेका सफलता हात लाग्नेछ । वाहन तथा सवारी साधनले फाइदा पुर्याउने देखिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्ति हुने समय रहेको छ ।

सिंह. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । तपाईंले गरेका काम अपूर्णता प्राप्त हुनुका साथै आलस्यताले सताउनेछ । पेट तथा नशा रोगले सताउनेछ । आज तपाईंको चतुर्याइले काम गर्ने सम्भावना नभएकाले विचार गर्नुपर्ने देखिन्छ । सतर्क हुनुहोला ।

कन्या. तपाईंको आजको दिनमा बाँकी रहेको उधारो कारोबार उठ्नुका साथै आर्थिक लाभ हात पर्नेछ । शत्रुहरुले पनि तपाईंको साथ दिनेछन् । काममा नसोचेको सफलता प्राप्ति हुनेछ भने स्वास्थ्यले पनि तपाईंलाई साथ दिनेछ । दिन तपाईको पक्षमा रहेको छ ।

तुला. तपाईंले आजको दिनमा गरेका काममा अपजस धेरै पाउने समय रहेको छ । आफन्तले दिएका धोकाका कारण मनमा ठेस लाग्नेछ भने क्रोधाग्नि बढ्नेछ । मनमा अनावश्यक सोचाइले मानसिक तनाव र शारीरिक थकानको महशुस हुनेछ ।

वृश्चिक. तपाईंको आजको दिन सन्तोषप्रद रहेको छ । स्वास्थ्यमा सुधारोन्मुख हुनेछ । आर्थिक तथा व्यवसायिक कारोबारमा राम्रो रहदा आफन्तजनबाट सहयोग मिल्ने देखिन्छ । मन शान्त हुनेछ भने मित्रताको भावनामा वृद्धि हुनेछ ।

धनु. तपाईंको आजको दिन त्यति राम्रो छैन । आजको दिनमा तपाईंका लागि आलस्यतापनले सताउनेछ । आफन्त, इष्टमित्र तथा साथीभाइबाट सहयोग नपाउँदा चिन्ता बढ्नेछ । अशान्तिपनले सताउनेछ । सन्तानको मायामा कमिपनाको महशुस हुनेछ ।

मकर. तपाईंका लागि आजको दिनमा रोजगारीको अवसर प्राप्त हुने समय रहेको छ । रोजगारीका अवसरहरु सृजना हुनेछन् । व्यापार व्यवसायबाट नाफामूलक आम्दानी हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुनेछ ।

कुम्भ. तपाईंको आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट सहयोग मिल्नेछ । समग्रमा तपाईंका लागि आजको दिन राम्रो रहेको छ ।

मीन. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । सफलताप्राप्तिको योग रहेको छ । मान–सम्मान र पदप्रतिष्ठाको सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । साथीभाइको सहयोगले अधुरा कामले पूर्णता प्राप्ति हुनेछ भने सन्तान सुखको योग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button