बाढी प्रकोपको व्यवस्थापन गर्न पोखरेलीले गरे माग

पोखरा न्यूज । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ ले वर्षात्को पानी, विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण सो वडाका विभिन्न क्षेत्रमा प्रभाव पार्ने गरेकाले त्यसको व्यवस्थापन गर्न माग गरेको छ ।

समितिले आज कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वर्षायाममा पानीका कारण वडा नं ३२ का सार्वजनिकस्थल, मठमन्दिर, राजमार्ग, अन्य बाटाघाटा, घरघडेरी, भवन डुबानमा पर्ने गरेकाले त्यसको व्यवस्थापन गर्न माग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष शिवजी लामिछानेले वर्षायामको बाढीका कारण यस क्षेत्रका सर्वसाधारण वर्षेनी समस्यामा परिरहेका जनाउँदै त्यसका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

समितिका तर्फबाट विभिन्न छ बुँदे सुझावसहित प्रस्तुत ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यसको नियन्त्रणका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिले आजै जिल्ला प्रहरी कार्यालय कास्की, डाँडाको नाक इलाका प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय, विजयपुर सिँचाइ आयोजना कार्यालय र बेगनाश सिँचाइ आयोजना कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button