विदेशमा रहेरपनि नेपालमा सहयोग गछौ-गुरुङ

पोखरा न्यूज । पोखरेली मञ्च यूकेका कोषाध्यक्ष तथा तमु धिं एशोसियसन यूकेका कोषाध्यक्ष कमल गुरुङले जन्म थलोमा हुने खेलकुद तथा अन्य कार्यमा आफ्नो सहयोग रहने बताउनुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा शुक्रबार यहाँ आयोजित विदाई कार्यक्रममा गुरुङले उक्त कुरा बताउनुभएको हो । पोखरा रंगशालाको पर्खाल निर्माण लगाएत यहाँको खेलकूद तथा सामाजिक गतिविधीमा आफूहरुको पनि केही सहयोग गर्ने बचन समेत दिनुभयो ।
१५ औं सस्करणको पोखरा म्याराथन प्रतियोगिता लगायत अन्य खेलकूद र सामाजिक कार्यक्रमका लागि यूकेबाट आएका गुरुङलाई शुक्रबार मञ्चले विदाई गरेको थियो ।

मञ्चका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यसचिव तेज गुरुङले १५ औं सस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च यूके र तमु धिं एशोसियसन यूके प्रति आभार प्रकट गर्दै म्याराथन सफल बनाउन यूकेमा रहेर भूमिका खेल्ने तथा सहयोगी मनहरुलाई आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले विदेशमा रहेका नेपालीहरुको खेलकूद तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मञ्चका द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङ, महासचिव खेम गुरुङ लगायत मञ्चका पदाधिकारी तथा सदस्यहरुले आफ्ना भनाई राखेका थिए । सो अवसरमा गैर आवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, समाजसेवी लालकाजी गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button