इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

पोखरा न्यूज । इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो ।

यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।

पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।

भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।

भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।

यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।

भारतले तेस्रो ओभरको खेल सकिँदा बिनाक्षति १० रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यानका रुपमा शिखर धवन र रोहित शर्मा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button