प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु

पोखरा न्यूज । जिल्ला समन्वय समिति नुवाकोटकाे आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् ।

जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु.१० हजारसहित पुरस्कार प्रदान गरिने छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताउनुभयो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेलकूद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button