अन्तरशहर चेस प्रतियोगिताको उद्घाटन

पोखरा न्यूज । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घ र चेस सङ्घ हेटौँडाको संयुक्त आयोजनामा हेटौँडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ ।

लिग चरणमा खेलाइने उक्त चेस प्रतियोगितामा ललितपुरका तीन, दोलखा, झापा, इलाम, काठमाडौँ, भक्तपुर, कैलाली, स्याङ्जा, कास्की, नुवाकोट, चितवन, बाँके, पर्सा र मकवानपुरका टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टोलीमा चार जना नियमित खेलाडी तथा एक वैकल्पिक खेलाडी र एक व्यवस्थापक गरी छ जनाको सहभागिता रहनेछ । सोमध्ये १६ वर्ष मुनिका एक र एक महिला खेलाडी अनिवार्य गरिएको छ ।

उक्त प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो स्थान हुनेले रु ५० हजार तथा चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः रु ३० हजार, रु २० हजार प्राप्त गर्ने नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले बताउनुभयो ।

चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा वाग्मतीसहित विभिन्न प्रदेशका १८ टोलीका करीब ७० खेलाडीको सहभागिता रहेको वाग्मती प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष ज्ञानराज प्रजापतिले बताउनुभएको छ । समारोहलाई मुख्यमन्त्री पौडेलले खेलकूद क्षेत्रको समष्टिगत पूर्वाधार विकासका लागि प्रदेश सरकारले आगामी आव २०७८÷७९ को नीति कार्यक्रममा बजेट तर्जुमा गर्ने विश्वास व्यक्त गर्दै देशको प्रतिष्ठालाई उच्च तुल्याउन खेलाडीलाई देशभक्तिको भावना अगाडि बढाउन आग्रह गर्दै खेलाडीलाई आर्थिकरुपले आत्मनिर्भर तुल्याउने कार्यका लागि छुट्टै कार्यक्रम ल्याइने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button