ओली भाइरस पोखरामा सल्कियो : डा. भट्टराई

पोखरा न्यूज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा सल्किएको टिप्पणि गर्नुभएको छ ।

संसदमा विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा  पुन: मुख्यमन्त्रीमा दाबी गरेपछि उहाँले सामाजिक सञ्जाल ट्विटर मार्फत  यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले ओली भाइरसको  महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने  त्यसको शसक्त प्रतिवाद गर्न आग्रह समेत गर्नुभएको छ ।

भट्टराईले ट्विटरमा लेख्नुभएको छ, “ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button