देशभर २४ घण्टामा ३ हजार ४ सयले कोरोनालाई जिते

पाेखरा न्यूज। पछिल्लो २४ घण्टामा थप दुई हजार २ सय ९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५ सय ६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३ सय ९१ र ९ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अबधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार १ सय ७९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै साृही अबधिमा देशभर तीन हजार ४ सय ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६०० सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button