नेपालमा परीक्षण कम हुँदा संक्रमित पनि कम

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३ सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १ सय ३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अबधिमा तीन हजार ६६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५ सय ८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६ सय ६६ पुगेको छ । सोही अबधिमा सङ्क्रमणबाट १९ जनाको मृत्युभएको छ । योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button