दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

पोखरा न्यूज । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।

यहाँ केही दिनयता कोभिडका सङ्ंक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।

पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ । मङ्गलबार देखिएको १ हजार २१२ जना सङक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो । तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।

स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् । मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्काे वेभको त्रास बढेको समाचारमा जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button