आज संक्रमित थपिने भन्दा निको हुने धेरै

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८ सय ३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३ सय ३३ सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७ सय ५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७ सय ८८ छन्। । यसैगरी ५ सय ७१ आइसियूमा र १ सय ६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन्। ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३ सय २७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २ सय ९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३ सय ७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३ सय २३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५ सय ४४ छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३ सय ९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button