देशभर २ हजार बढी कोरोना संक्रमित थपिए, २० को मृत्यु

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३ सय १३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छ हजार ६ सय ५७ जनामा पिसिआर परीक्षण गर्दा एक हजार ४ सय ७९ र चार हजार ६ सय ५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय १६ जना सङ्क्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९ सय २९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३ सय ४० पुगेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button