माओवादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग

पोखरा न्यूज । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र) को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको निवेदन उपर केही गरिरहन परेन भनी निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वमाओवादी नेताको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले (माओवादी केन्द्र) ले लामो समयदेखि महाधिवेशन नगरेको जनाउँदै वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिनुभएको थियो । भविश्वर पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष आफू नै रहेकाले वैधानिकता प्रदान गर्न भनी दिएको निवेदनका सम्बन्धमा आयोगले अन्य राजनीतिक दलको प्लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेकामा सचेत गराउँदै आयोगमा अभिलेखीकरण गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button