एमाले कार्यदलले जुटाउन सकेन सहमति

पोखरा न्यूज । आज सहमति सार्वजनिक गर्ने तयारीका साथ बसेको नेकपा (एमाले) विवाद समाधान कार्यदलले साँझसम्म कुनै सहमति जुटाउन सकेन । आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोन गराउने तयारी गरेर अपराह्न ४ बजेका लागि राखिएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि सारिएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक भने असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ९ बजेदेखि रातिसम्म बसेको कार्यदल बैठकमा केके छलफल र सहमति भयो भन्नेबारेमा नेताहरुले खुलाएका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले काम गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले दललाई २०७५ जेठ २ गतेका स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button