पोखरा महानगरका मेयर जिसीलाई हृदयघात, उपचारका लागि काठमाडौं लगिदै

पोखरा न्यूज।   पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।

मेयर  जिसि अचानक बिरामी भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पताल लैजाने तयारी भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । स्वास्थ्यकर्मीले भने  ‘उहा सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।’

मेयर जिसीको प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारको लागि अहिले काठमाडौं लैजाने तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button