ट्रकको ठक्करबाट पैदल यात्रीको घटना स्थलमै मृत्यु

पोखरा न्यूज। कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो ।

अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button