बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

पाेखरा न्यूज । बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका–२ की ३३ वर्षीया सत्यावती धितालमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ परेका छन् ।

आफ्नै बुहारीलाई अपशब्द बोल्दै निर्घात कुटपिट गर्ने कर्मराज धिताललाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाजुले आफ्नी श्रीमतीलाई विनाकारण कुटपिट गरेको भन्दै धर्मचन्द्र धितालले आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गर्नुभएकाे थियाे ।

कर्मराज, उहाँकी श्रीमती, भाइबुहारीसहित चारजनाले आफूमाथि शनिबार निर्घात कुटपिट गरेको सत्यावती धितालले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले अन्य तीनजनालाई तारेखमा छाडेर कर्मराज धितालमाथि अनुसन्धान अगाडि बढाएको छ ।

जुम्लाको सिंजा गाउँपालिकाको एक सिँचाइ आयोजनाको विषयमा विवाद हुँदा कर्मराजले आफ्नी भाइबुहारीमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कर्मराजले यसअघि पनि विभिन्न व्यक्तिलाई कुटपिट गरेको स्थानीय बताउनु हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button