भारतमा पुरुषभन्दा महिला धेरै

पाेखरा न्यूज । भारतमा पुरुषभन्दा महिलाको सख्ंया बढी देखिएको छ । राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी देखाएको हो । सर्वेक्षणको तथ्यांक देशभरका ६ लाख घरपरिबारबाट लिइएको थियो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार प्रति १ हजार पुरुषबराबर १०२० महिला छन् ।

अरुणान्चल प्रदेश, चन्डीगढ, छत्तिसगढ, हरियाणा, झारखन्ड, मध्य प्रदेश, दिल्ली, उडिसा, पन्जाव, राजस्थान, तमिल नाडु, उत्तर प्रदेश र उत्तराखन्डमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा विद्यालयपूर्वको शिक्षा, अपाङ्गता, शौचालयको पहुँच, मृत्यु दर्ता, गर्भपतनलगायतका विषयलाई समेटिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button