२० लाखदेखि करोड पारिश्रमिक लिएर विवाहमा नाच्छन् बलिउड कलाकार

पाेखरा न्यूज । भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।

 

अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गर्नुभएकाे थियाे । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिनुभएकाे थियाे । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिनुहुन्छ ।

अभिनेता ऋतिक रोशनले केही समयअघि उदयपुरमा एक निजी विवाह कार्यक्रममा आफ्नो नृत्य गर्नुभएकाे थियाे । उहाँले लखनउका व्यापारी गौरव शर्माको स्वागतमा प्रियंका चोपडा र आलिया भट्ट जस्ता कलाकारका साथ नाच्नुभएकाे थियाे । ऋतिक पनि नृत्य देखाउनकै लागि मोटो रकम असुल्नुहुन्छ ।

अभिनेता शाहरूख खानले लन्डनमा अग्रवाल परिवारको एक निजी विवाहमा आफ्नो प्रस्तुति दिनुभएकाे थियाे । यो विवाहमा नाच्नका लागि मनग्गे पारिश्रमिक लिनुभएकाे थियाे । उहाँले दुबईमा भएको एक वैवाहिक कार्यक्रममा नृत्यकै लागि करिब आठ करोड रुपैयाँ पारिश्रमिक बुझ्नुभएकाे थियाे।

अभिनेत्री कैटरिना कैफले अभिनेता शाहरूख खानका साथ लन्डनमा भएको अग्रवाल परिवारको हाईप्रोफाइलको विवाहमा प्रस्तुति दिनुभएकाे थियाे । कैफले पञ्जाबका पीडब्ल्यूडी मन्त्रीको सालोको विवाहमा नृत्य गर्नुभएकाे थियाे । उहाँ विवाहका कार्यक्रममा केही मिनेट नाच्नका लागि करिब ९० लाख रुपैयाँ पारिश्रमिक लिनुहुन्छ ।

बलिउडमा आफ्नो नृत्यका लागि लोकप्रिय अभिनेत्री मलाइका अरोडा निजी समारोहमा नृत्य प्रस्तुत गर्न २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिनुहुन्छ। उहाँले पञ्जाबका पीडब्ल्यूडी मन्त्री देवरजीको विवाहका लागि चण्डीगढमा ‘मुन्नी बदनाम हुई’ र ‘छैया छैया’ बोलको गीतमा नाच्नुभएकाे थियाे ।

विवाहमा हटनेस र ग्ल्यामर रुचाउन चाहनेले मल्लिका शेरावतलाई नाच्नका लागि बोलाउने गर्दछन् । उहाँले जीवीके समूह जीवी कृष्णा रेड्डीको नातिनीको विवाहमा निकै महँगो पारिश्रमिकमा नृत्य गर्नुभएकाे थियाे ।

बलिउडकी देशी गर्ल प्रियंका चोपडाले कैयौं निजी विवाह समारोहमा धमाल मच्चाउनु भएकाे थियाे । सन् २०१४ मा उनले व्यापारी गौरव शर्माको रिसेप्सनमा प्रस्तुति दिनुभएकाे थियाे । उहाँले केही मिनेटको नृत्यका लागि ५० लाख पारिश्रमिक लिनुभएकाे थियाे ।

हैदराबादमा भएको हाई प्रोफाइलको विवाहमा अभिनेता रणवीर सिंहले नाच्नुभएकाे थियाे । यो विवाहमा शिल्पा शेठ्ठीजस्ता बलिउडका कैयौं कलाकार देखिनु भएकाे थियाे । रणवीर पनि निजी विवाहमा नाच्नका लागि करोडौं पारिश्रमिक बुझ्नुहुन्छ ।

फिल्म ‘दबंग’ अभिनेता सलमान खानलाई वैवाहिक कार्यक्रममा नाच्नका लागि अफर गर्नु चानचुने कुरा होइन । नयाँदिल्लीको एक निजी विवाहमा नाच्न सलमानले साढे तीन करोड पारिश्रमिक लिनुभएकाे थियाे ।

अभिनेता अक्षय कुमार पनि महँगो पारिश्रमिक लिएर नृत्य गर्ने कलाकार पर्नुहुन्छ । उहाँ एउटा विवाहमा नाचेको करिब अढाई करोड पारिश्रमिक लिनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button