उत्तर कोरियाले फेरि गर्‍याे व्यालिस्टिक मिसाइल प्रहार

पाेखरा न्यूज । उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रामा प्रहार गरेको छ । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन् ।

राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । याे उत्तरको यस वर्षको पहिलो आणविक परीक्षण भएकाे जापानकाे भनाई छ । उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरुले सुक्ष्म विश्लेषण गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्धीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको वैठकमा उनले सो आवश्यकता औंल्याएका थिए ।

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ । उत्तरले सन् २०२१ को सुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button