विश्वविद्यालयको लेक्चरमा महिलालाई पुरुषको यौन सन्तुष्टिको साधन भन्ने चिकित्सकलाई १० महिना कैद सजाय

पाेखरा न्यूज । महिलाविरुद्ध अपमानजनक र अस्वाभाविक अभिव्यक्ति दिने बेल्जियमका एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ । एउटा विश्वविद्यालयमा लेक्चर दिने क्रममा ‘महिलाहरुले खुट्टाहरु खोल्न नचाएको’ र पुरुषलाई यौन सन्तुष्टिका लागि महिला अस्थित्व आएको बताउनले डा. जेफ होइवगलाई एक अदालतले जेल सजाय सुनाएको हो  ।

अदालतले उनलाई सुरुमा १० महिना जेल सजाय सुनाए पनि पछि कटौती गरेर पाँच महिनामा झारेको थियो ।

युनिभर्सिटी अफ घेन्ट एन्ड क्याथोलिक फ्लेमिस स्टुडेन्ट युनियनको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्तिको धेरैले विरोध गरेका छन् । उनले महिलामाथि विभेद गरेको र घृणाजनक अभिव्यक्ति दिएको भन्दै आठ हजार युरो जरिमान सुनाइएको न्यायाधीशले बताएका छन् ।

आफू सत्य बोलेको र पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता हनन गरेको उनले बताएका छन् ।

पोस्टग्रयाजुयट विद्यार्थीलाई दिएको दुई घन्टा लामो लेक्चरमा उनले भनेका छन्, ‘महिलाको दास नबनी तपाइले उनलाई समानरुपमा व्यवहार गर्न सक्नु हुन्न । ’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button