जोन अब्राहमको ‘अट्याक’ मा देशभक्तिको कथा

काठमाडौं । पछिल्लो समय एकपछि अर्को एक्सन फिल्ममा देखा परिरहनु भएका बलिउड अभिनेता जोन अब्राहमको प्रतिक्षित फिल्ममध्येकै एक हो अट्याक । उहाँको अभिनयसँगै निर्माणसमेत रहेको फिल्मले देशभक्तिको कथा भन्छ ।

लक्ष्यराज आनन्दको निर्देशनमा तयार फिल्मले देशभक्तिको कथा समेटिएको छ । जसमा अब्राहमले एक सैनिकको भूमिका निर्वाह गर्नुभएकाे छ ।

फिल्ममा जोनसँगै राकुलप्रीत सिंह, ज्याक्लिन फर्नान्डिज, प्रकाश राज, रत्न पाठक शाहलगायतको अभिनय रहेको छ ।

गत जनवरीमै रिलिज घोषणा गरिएको फिल्म कोरोना भाइरसको तेस्रो लहरका कारण स्थगित भएको थियो । यद्यपि निर्माण पक्षले फिल्म १ अप्रिलमा प्रदर्शन हुने घोषणा गरेको छ । जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ डेट घोषणा गर्नुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button