पोखराको प्याराडिसोमा नितेश जङ्ग कुँवरले प्रस्तुति दिने

गायक नितेश जङ्ग कुँवर पोखराको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । लेकसाइडमा रहेको प्याराडिसो बारमा उनले माघ २० गते साँझ लाइभ कन्सर्टमा प्रस्तुति दिने भएका हुन् ।

उनले केही सिक्नका लागि आफू सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्यक्रमका लागि पोखरामा आउन लागेको बताएका छन् । कुँवर नेपाली युवा पुस्ता माझ चर्चित गायक हुन् । उनले प्रस्तुतिमा यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोलै खोला तिरैतिर, फ्लर्टी माया, आस्मा, निष्ठुरी मोरी, बुझेउ हैन कुरा, ‘ओम नव शिवाय’, ‘रिबर्थ’, लगायतका चर्चित गीतहरु गाउने छन् ।

राती ८ बजे देखी मध्यरातसम्म चल्ने लाइभ कन्सर्टको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले जानकारी दिए । टिकटको मूल्य एक हजार र एक हजार पाँच सय रहेको उनले बताए ।

क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट र टेबल पनि बुकिङ गर्न सकिने पनि पौडेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button