पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरा, ०५ जेठ । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यही जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिँदै प्रदेश खेलकुदका सदस्य तथा साहशिक खेलकुदका संयोजक वसन्तराज दवाडीले प्रतियोगितामा करिब ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।

‘वाटर स्पोर्टस’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवर्द्धन गर्नु प्रतियोगिताको अर्को उद्देश्य हो ।”

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो पाँचौँ हुने विजेता खेलाडीले क्रमशः नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button