पोखरामा १ सय भन्दा बढीको सहभागीतामा मुवाँथाई समर क्याम्प

पोखरा । पोखरामा  मुवाँथाईको समर क्याम्पमा सहभागीहरूलाई मंगलबार मुवाँथाई खेलको सैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ ।

थाइल्यान्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने सँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निःशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरू, ‘फाइभ डब्ल्यु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

विभिन्न विद्यालयका १ सय जना भन्दा बढी सहभागी रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरू समेत गरिएको क्षेत्रीले जानकारी दिए ।

सहभागीहरूलाई प्रशिक्षकहरू ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनीश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।

उक्त समर क्याम्पको यही शनिबार समापन गर्ने तयारी समेत भइरहेको मुख्य प्रशिक्षक क्षेत्रीले जानकारी दिएका छन् । दीक्षान्त समारोह सहित कार्यक्रमको समापन गरिने र सहभागीहरूलाई बेल्ट समेत प्रदान गरिने छ ।

मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको सम्मिश्रण रहेकोले पनि यो खेलको महत्त्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षेत्री यो वर्ष पोखराका केही विद्यालयहरूमा प्रशिक्षणको सुरुवात गरिने जानकारी दिएका छन् । उनले भने–“मुवाँथाई खेलको विकासका लागि हामी प्रतिबद्ध छौँ । विश्वमा यो खेलको प्रोफेसनालिजम बढे सँगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button