वडा स्तरीय फुटबलको फाइनल आज, उपाधिका लागि पोखरा १४ र १५ भिड्दै

पोखरा, ११ जेठ । पोखरा महानगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा आज हुँदै छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने फाइनल खेलमा उपाधिका लागि वडा नम्बर १४ र १५ मैदान उत्रदै छन् ।

खेल आज बिहान ११ बजे सुरु हुने आयोजक पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।

विजेता वडाले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button