पोखरामा लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको शुभारम्भ

पोखरा, १४ जेठ । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कले आफ्नो तेश्रो आउटलेटको रूपमा लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याएको छ । उक्त बारको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पछिल्लो समय रेष्टुरेण्टहरु खुल्ने क्रम बढिरहँदा रेष्टुरेण्टहरुले आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

भट्टीबाट रूपान्तरित भएर पछिल्लो समय रेष्टुरेण्ट र बारहरू सञ्चालन हुँदै आइरहँदा अहिलेको व्यस्त समयका कारण मानिसहरूले घरमा खाना खाजा पकाउने समय नभएकै कारण रेष्टुरेण्टहरुमा खाना खाजा खाने क्रम बढ्दो रूपमा रहेको बताउँदै गुरुङले ग्राहकको इच्छा र चाहनालाई सञ्चालकहरूले ध्यान दिन जरुरी रहेको बताए ।

होटल टास्कका सञ्चालक मीन गुरुङले गण्डकी प्रदेशमा नै पहिलो पटक होटल टास्कको तीन वटै आउटलेबाट न्यूनतम खुद्रा मूल्यमा गोर्खा ब्रुअरीको उत्पादनहरू ग्राहक समक्ष पस्कँदै आइरहेको बताए । लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा)को प्रवर्द्धनसँगै पोर्क (कालो धराने बंगुरको परिकारहरू) मटन, चिकन र बफका परिकारहरूको समेत स्वाद लिन सक्ने गुरुङले बताए ।

कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने मूल उद्देश्यका साथे लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याइ सेवामूलक व्यवसायमार्फत ग्राहकहरूलाई सर्वसुलभ मूल्यमा बियर र खानाका परिकारहरू पस्कने गुरुङको भनाइ रहेको थियो ।

ग्राण्ड ओपनिङको अवसर पारी शनिवार साँझ अहिलेका बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुति मार्फत ग्राहकहरूले मनोरञ्जन लिएका थिए । सपुत सँगै लोकदोहोरी गायिका बत्ती थापाको दोहोरी प्रस्तुति सँगै स्थानीय ब्यान्ड ब्ल्याक फेदरको लाइभ ब्यान्ड प्रस्तुति र तमु प्येल्हु संघ केन्द्रीय युवा समितिको नृत्य मार्फत ग्राहकहरूले भरपुर मनोरञ्जन लिएका थिए । आगामी दिनमा पनि विभिन्न ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिहरू ग्राहक समक्ष पस्कने योजना रहेको सञ्चालक गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button