अन्तर विद्यालय स्तरीय बृद्धिचालको उपाधि त्रिवेणी पब्लिकलाई

एन प्याब्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कुलले हाता पारेको छ ।

एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रातर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरुङ तृतीय र इमानुयल स्कुलका परुश तामाङ सान्त्वना भएका थिए ।

त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक स्कुलकी चाहाना राई प्रथम, एलपी देवकोटा मेमरियल स्कुलकी मेनुका अधिकारी द्वितीय, रत्नज्योति माविकी श्यामसुधा पराजुली तृतीय सिद्धार्थ लवडेल बोर्डिङ स्कुलकी दावा डोल्मा सान्त्वना भएका थिए ।

विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, प्रमुखबाट निवृत्त भएका नारायण सुवेदी र एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

त्यसैगरी उत्कृष्ट दश भित्र पर्ने विद्यालयका विद्यर्थीलाई पनि मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा छात्र तर्फ ३८ जना र छात्रा तर्फ ३२ जना सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा नेशनल चिफ अर्विटर मनेश्वर अधिकारी, नेशनल अर्विटर शुक्र कुमार प्रधान, नेशनल अर्विटर सागर साइ र अर्विटर युवराज भण्डारी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्माले बुद्धिचाल प्रतियोगिताले विद्यार्थीको सोच्न सक्ने क्षमताको विकास गर्ने बताए । उनले प्रतियोगिताले विद्यार्थीको बौद्धिकता निखार गर्दै अन्तराष्ट्रिय स्तरमा मेडल प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलाई स्वागत र इकाइबाट निवृत्त भएका पूर्व प्रमुख नारायण सुवेदीलाई बिदाई गरिएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख आचार्यले कास्कीमा निजी विद्यालयहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निवृत्त प्रमुख सुवेदीले आफु लामो समय कास्की जिल्लामा रहेर काम गरेको बताउँदै आगामि दिनमा पनि यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफु सधैँ सहयोगी बन्ने बताए । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button