सुनको मूल्य प्रतितोला एक सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले आइतबारको तुलनामा सोमबार मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै  छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ तय भएको जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै, सोमबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button