नेप्से परिसूचकमा ३४ अङ्कको उछाल, ६ महिना यताकै सर्वाधिक कारोबार

नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा ३४ अङ्कको उछाल आउँदा कारोबार पनि ६ महिना यताकै उच्च कारोबार भएको छ ।

मङ्गलबार नेप्से परिसूचक ३४.१७ अङ्कले बढेर २०२०.६४ विन्दुमा बन्द भएको छ । बजार बढेसँगै लगानीकर्ता पनि व्यापक उत्साह छाएको छ । मङ्गलबार ६ महिना यताकै उच्च अर्थात ४ अर्ब १२ करोड भन्दा बढी रकमको कारोबार भएको छ । यस अघि गत जनवरीमा मात्रै ४ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

आज नेप्सेमा सुचीकृत तीन कम्पनीको भाउमा सकारात्मक सर्किट अर्थात १० प्रतिशतको वृद्धि भयो । विन लघुवित्त, भूगोल हाइड्रो र सिटि होटलको स्टक १० प्रतिशतको हाराहारीमा बढे । यसैगरी उच्च कारोबारतर्फ शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र आइजिआई इन्सुरेन्स शीर्ष तीनमा रहन पुगे ।

बजेट भाषण पछि केही करेक्सन व्यहोरेको नेप्से इन्डेक्स त्यसपछि भने निरन्तर बढिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button