कान्तिपुर टेलिभिजनले आइपिओ निष्कासन गर्ने

कान्तिपुर टेलिभिजन नेटवर्कले आइपिओ निष्कासन गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले जेठ २८ गते प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कान्तिपुर टेलिभिजन नेटवर्क सर्वसाधारण लगानीकर्तासम्म पुग्नेछ । पछिल्लो समय सञ्चारमाध्यमहरु पनि धितोपत्र बोर्डमा लिस्टिङ भएर दोस्रो बजारमा जान लालायित भएको देख्न सकिन्छ । यस अघि रिपब्लिक मिडियाले आइपिओ निष्कासन गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button