जेष्ठ नागरिक दुर्व्यवहारविरुद्ध स्याङ्जामा सचेतना कार्यक्रम

स्याङ्जा, ३२ जेठ । स्याङ्जामा जेष्ठ नागरिक दुर्व्यवहारविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी लघुसचेतना तथा ग्रामिण गस्ती अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सचेतना कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जा प्रहरीका अनुसार कार्यालय मातहतका इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी अर्जुनचौपारी, पिडीखोला र सेतिदोभानबाट खटिएको प्रहरी टोलीले स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम गरेका हुन् ।

सचेतना कार्यक्रममा सयौँको संख्यामा जेष्ठ नागरिक तथा समुदायका नागरिकको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button