आजदेखि घोराही सिमेन्टको आइपिओमा आवेदन दिन सकिने

घोराही सिमेन्ट उद्योगले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

उद्योगले स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याए पछि बाकिँ रहेको ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा छिटोमा असार ४ गते र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । असार ४ गतेसम्म सबै कित्तामा आवेदन नपरेमा असार १४ गतेसम्म समय थप हुनेछ ।

घोराही सिमेन्टले १०० रुपैयाँ फेस भ्यालुमा थप ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आवेदन माग गरेको हो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता आवेदन दिन सकिनेछ ।

यस धितोपत्र निष्कासनको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button