पोखरामा नक्कली सुन देखाई सक्कली सुन लुट्ने दुई पक्राउ

पोखरामा नक्कली सुन देखाएर सक्कली सुन लुट्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-१० बस्ने ४४ वर्षीय विमल तामाङ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ बस्ने ४१ वर्षीय सन्तोष मगर रहेका छन् । प्रहरीले उनीहरुलाई पोखरा-२६ अर्घौचोकबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले 9999 100 लेखिएको पहेलो धातु तीन थान, तीन थान मोबाइल सेट र ५ हजार ४ सय ३५ रुपैयाँ नगद बरामद गरेको छ । पोखराको अम्मरसिंह चोकमा मानिसहरुलाई नक्कली सुन देखाई सक्कली सुन लुटेको तथा पैसा ठगी गरि फरार भएको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button