जिम्बावेविरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र जिम्बावेबीचको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।

नेपालका सोमपाल कामीले जोएलर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका हुन् । जिम्बाबेले ९.३ ओभरमा एक विकेटको क्षतिमा ५० रन बनाएको छ । जिम्बाबेका क्राएग इर्विन २० रन बनाएर खेल्दैछन् ।

यस अघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाए भने आसिफ सेखले १०० बलमा ६६ रन बनाए ।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्लले ४१ रन बनाए भने कप्तान रोहित पौडेलले ३१ रनको योगदान दिए । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो नै पहिलो एकदिवसीय खेल हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button