नेपालविरुद्ध जिम्बावेको सहज जीत

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल र जिम्बावेबीचको खेलमा जिम्बावेले सहज जीत हात पारेको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर नेपालले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाए भने आसिफ सेखले १०० बलमा ६६ रन बनाए ।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्लले ४१ रन बनाए भने कप्तान रोहित पौडेलले ३१ रनको योगदान दिए । जिम्बावेका रिचार्ड एङार्भाले ४ विकेट लिँदा वेलिङ्टन मासाकाड्जाले दुई विकेट लिए ।

प्रतिउत्तरमा २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा सहजै पूरा गर्यो । जिम्बावेका क्याएग एर्भिनले अविजित १२१ तथा सन विलियम्सले अविजित १०२ रनको योगदान दिए । नेपालका गुल्सन झा र सोमपाल कामीले १-१ विकेट लिए ।
खेलमा शतकीय पारी खेलेका एर्भिन नै म्यान अफ द म्याच भए । अब नेपालले आफ्नो दोस्रो खेलमा मङ्गलबार अमेरिकाको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button