बाढीले सुपर हेवा हाइड्रोका सुपरभाइजरसहित १७ बेपत्ता

शनिबार रातिको वर्षा पछि आएको बाढीमा परी सुपर हेवाखोला हाइड्रोका १७ कामदार बेपत्ता भएका छन् । बाढीले हाइड्रोपावरको संरचनामा पनि पुर्ण क्षति पुर्याएको छ ।

बाढीमा परी हाइड्रोका सुपरभाइजर सुनसरी घर भएका सन्तोष ढकाल, सङ्खुवासभाका भुवनसिंह तामाङ, सुवास राई र दीपक मगर, धनकुटाका गणेश गिरी, इलामका राजकुमार मगर, झापाका फैजबहादुर कार्की र मीना श्रेष्ठ बेपत्ता भएका छन् । यसैगरी बर्दिया घर भएका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु र राजराम थारु बेपत्ता छन् ।

बाढीमा परी कैलालीका रामजतन थारु, सुगत थारु, अमर थारु र सीता थारु पनि बेपत्ता भएका छन् । सोही हाइड्रोमा काम गर्दै आएका बर्दियाका टिकाराम चौधरी र दीपकराज थारु बाढीले बगाउँदा घाइते भएका छन् ।

घाइते दुवैको उद्धार गरि हेल्पिङ्ग हेन्ड्स सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बाढीमा बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button